टप टी-२० सिरिजकाे दोस्रो खेलमा आज नेपाल बंगलादेशसँग भिड्दै

काठमाडौं । अस्ट्रेलियामा जारी भएको टप इन्ड टी-२० सिरिजमा नेपालले दोस्रो खेलमा शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।
पहिलो खेलमा शुक्रबार अस्ट्रेलियाको नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको नेपालले दोस्रो खेलमा बंगलादेश ‘ए’सँग प्रतिस्पर्धा गर्न लागेको हो।
पहिलो जितको खोजीमा रहेको नेपालको यो खेल शुक्रबार दिउँसो २ः१५ बजे सुरु हुनेछ।तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्ससँग भिड्ने नेपालले चौथो खेलमा मंगलबार होबार्ट हुरिकेन्ससँग प्रतिस्पर्धा गर्नेछ। चौथो खेलमा अगस्ट २० मा मेलबर्न रेनेगेड्स र पाँचौ खेल अगस्ट २२ मा पाकिस्तानको शाहीन्स प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। यो सिरिजमा ११ टोलीको सहभागिता रहेको छ।
नेपाली टिम
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम।












50 days to HoR elections: 175 candidates withdraw from PR closed list
कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
सिन्धुलीस्थित बैंक लुटपाट: सुरक्षा गार्डको हात काटियो, स्थानीय भेटे बाेरामा पैसा
काठमाडौंका यी ठाउँमा आज २ घण्टासम्मम बिजुली आपूर्ति बन्द हुने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया