हिजबुल्लाहलाई निःशस्त्र गर्ने प्रतिबद्धतापछि अमेरिकी दूतले इजरायलसँग दीर्घकालीन युद्धविरामबारे छलफल गर्ने

लेबनानले हिजबुल्लाहलाई निःशस्त्र बनाउने अमेरिकी समर्थित योजनालाई समर्थन गरेपछि लेबनानका लागि अमेरिकी विशेष दूत टम बराकले सोमबार उनको टोलीले इजरायलसँग दीर्घकालीन युद्धविरामबारे छलफल गर्ने बताएका छन् ।
राष्ट्रपति जोसेफ आउनसँगको भेटपछि बराकले वासिङ्टनले युद्धपछिको पुनर्निर्माणका लागि आर्थिक प्रस्ताव तयार पार्ने बताउनुभयो । उनले प्रधानमन्त्री नवाफ सलाम र सभामुख नबिह बेर्रीसँग पनि भेट्ने तयारी गरेका छन् ।
बेर्रीले प्रायः हिजबुल्लाहको तर्फबाट वार्ता गर्नुहुन्छ । बराकले भने, “लेबनानी सरकारले पहिलो कदम पूरा गरेको छ । अब इजरायलले समान प्रयास गर्नुपर्छ ।” गत हप्ताको निर्णयले इरान समर्थित हिजबुल्लाह र यसको सहयोगीहरूलाई चिन्तित बनाएको छ । हिजबुल्लाहका महासचिव नाइम कासेमले निःशस्त्रीकरणको प्रयासविरुद्ध लड्ने प्रतिज्ञा गरेका छन्।
यसले देशमा गृहयुद्धको डर बढाएको छ । बराकले हिजबुल्लाहले आह्वानलाई समर्थन गरेन भने अवसर गुमाउने चेतावनी दिए। आउन र सलाम दुवैले हिजबुल्लाह र अन्य सशस्त्र समूहलाई निःशस्त्र बनाउने र इजरायलले आक्रमण रोक्न तथा कब्जा फिर्ता गर्न आग्रह गरेका छन् । आउनले लेबनानको सेनाको क्षमता बढाउन कोष वृद्धि र अन्तर्राष्ट्रिय दाताबाट सहयोग जुटाउन चाहेको बताए ।
विश्व बैंकको अनुमान अनुसार, सन् २०२४ को अन्त्यतिर हिजबुल्लाह र इजरायलको युद्धले दक्षिणी र पूर्वी लेबनानमा करिब ११ अर्ब १० करोड डलरको आर्थिक नोक्सान पु¥याएको थियो ।
















अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
बिक्री हुने वस्तुमा ‘मूल्य’ र ‘लेबल’ अनिवार्य राख्नुपर्ने
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया