भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्दै
मेरोन्यूज
२०८२ भदौ ३ गते १८:१७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही अगस्टको अन्त्यमा चीन भ्रमण गर्ने हुनुभएको छ । उनको भ्रमणबारे मङ्गलबार नयाँदिल्लीमा चीनका विदेशमन्त्री वाङ यीसँग भएको वार्ताका क्रममा भारतका सुरक्षा प्रमुख अजित डोभालले जानकारी दिएका हुन् ।
मोदीले अगस्ट ३१ मा तियानजिनमा हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनको उद्घाटनमा भाग लिनेछन् । यो सन् २०१८ पछि उनको पहिलो चीन भ्रमण हुनेछ ।
बैठकको सुरुमा डोभालले ‘प्रधानमन्त्रीको भ्रमणले भारत–चीन कूटनीतिक सम्बन्धमा नयाँ ऊर्जा दिनेछ’ भन्दै टिप्पणी गर्नुभएको थियो ।
एससिओ शिखर सम्मेलनमा मोदीको सहभागितालाई चीनले ‘विशेष महत्त्व दिने’ बताउँदै वाङ यीले भने, “स्वस्थ र स्थिर चीन–भारत सम्बन्धले दुवै देशको मौलिक र दीर्घकालीन हितमा काम गर्छ भन्ने कुरा इतिहास र वास्तविकताले फेरि प्रमाणित गरेको छ ।” वाङ यीले मङ्गलबारपछि मोदीलाई प्रत्यक्ष भेट्ने कार्यक्रम रहेको छ ।
विश्वमै सबैभन्दा धेरै जनसङ्ख्या रहेका दुई मुलुक लामो समयदेखि दक्षिण एसियामा प्रभावका लागि प्रतिद्वन्द्वी रहँदै आएका छन् । सन् २०२० मा तिनीहरूबीच घातक सीमा द्वन्द्व समेत भएको थियो ।
भारत हाल संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र जापानसँगको ‘क्वाड सुरक्षा गठबन्धन’ को सदस्य छ । क्वाडलाई चीनविरुद्धको कदमको रूपमा हेरिन्छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर युद्धले उत्पन्न गरेको विश्वव्यापी व्यापार र भू–राजनीतिक उथलपुथलबीच भारत र चीन दुवैले सम्बन्ध सुधारतर्फ ध्यान दिएका छन् ।
सोमबार भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करसँगको वार्तामा वाङ यीले भनेका थिए, “हामीले एकअर्कालाई विरोधी वा खतराको रूपमा नभई साझेदार र अवसरका रूपमा हेर्नुपर्छ ।”
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
प्रतिक्रिया