गाजाको अवस्था ‘अत्यन्तै चिन्ताजनक’, खाद्यान्न अभाव चरममा

संयुक्त राष्ट्रसंघसँग आबद्ध मानवीय संस्थाहरूले गाजा क्षेत्रमा इजरायलले शरण निषेध हटाउने निर्णयलाई सकारात्मक कदमका रूपमा स्वागत गरेका छन् । यद्यपि, उनीहरूले भावी सैन्य कारबाहीको तयारीले पहिले नै कठिन परिस्थितिमा जीवनयापन गरिरहेका जनताको स्थिति झनै संकटपूर्ण बन्न सक्ने गम्भीर चिन्ता पनि व्यक्त गरेका छन् । मानवीय मामिलाको समन्वय गर्ने कार्यालय (ओसीएचए) ले गाजा सहरमा सैन्य गतिविधि तीव्र पार्ने योजनाले हजारौँ व्यक्तिलाई पुनः विस्थापित गराउने जानकारी दिएको छ । ती विस्थापितहरू गाजाको दक्षिण भागमा जान बाध्य हुनेछन्, जहाँ अहिले पर्याप्त खानेपानी, स्वास्थ्य सेवा र खाद्यान्न जस्ता अत्यावश्यक सुविधा अत्यन्तै सीमित छन् । गत मे देखि लागू गरिएको शरण निषेधका कारण करिब सात लाख ८० हजारभन्दा बढी व्यक्तिहरू पटक–पटक घरबाट विस्थापित हुनुपरेको बताइएको छ । मानवतावादी संस्थाहरूको अनुमानअनुसार करिब १३ लाख ५० हजार मानिसलाई आपतकालीन आवास आवश्यक छ, भने झण्डै १४ लाख व्यक्तिलाई अत्यावश्यक घरायसी सामग्रीहरू आवश्यक रहेका छन् । ओसीएचएले भनेको छ, “गाजाको मानवीय अवस्था अत्यन्तै चिन्ताजनक बनिसकेको छ । जारी द्वन्द्वका बीच चरम खाद्य अभाव छ र प्रत्येक दिन दुःखद रूपमा थप मृत्युहरू भइरहेका छन् ।” विश्व खाद्य कार्यक्रमले सम्भव भएसम्मको प्रयास गरी खाद्य सामग्री पु¥याउने कार्य भइरहेको जानकारी गराएको छ । तथापि, वर्तमान आपूर्ति आवश्यकता अनुसारको मात्रामा पुग्न सकेको छैन । ओसीएचएका अनुसार गाजाका स्वास्थ्य निकायहरूले पछिल्लो २४ घण्टामा कुपोषण र भोकका कारण दुई बालबालिका सहित पाँच जनाको ज्यान गएको जानकारी दिएका छन् । यस्ता दुःखद घटनाहरू रोक्नका लागि समयमै, सुरक्षित र निरन्तर रूपमा ठूला मात्रामा सहायता सामग्री वितरण गर्न सक्ने वातावरण आवश्यक छ । मानविय निकायहरूले भनेका छन्, “हामीले सबै जनतासम्म सहायता पु¥याउन प्रतिबद्धता लिएका छौं । नागरिकहरूले चाहे जहाँ रहने निर्णय लिए पनि – उनीहरूको जीवनरक्षा र अधिकारको सुनिश्चितता गरिनु आवश्यक छ । सर्न चाहने व्यक्तिहरूलाई आधारभूत सेवा उपलब्ध गराइनुपर्छ र उनीहरूलाई आफ्नै इच्छाले फर्कन सक्ने व्यवस्था मिलाइनुपर्छ ।” ओसीएचएले पुनः जोड दिँदै भनेको छ, “गाजाको सबै क्षेत्रलाई समेट्ने गरी सहजरूपमा मानवीय सहायता वितरण गर्न सक्ने वातावरण हुनु अति आवश्यक छ । त्यसका लागि समुदायमा आधारित वितरण प्रणालीसहित, सबै सम्भव नाका र सडकमार्गहरूबाट ठूलो परिमाणमा सामग्री गाजामा प्रवेश गर्न दिनु अत्यावश्यक छ ।” —
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया