एन्जल लर्ड र बागमतीलाई टाइमलाइन बास्केटबल उपाधि

काठमाडौं । एन्जल लर्ड एकेडेमी र बागमती बोर्डिङ स्कुलले दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् ।
गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित आयोजक टाइमलाइन स्कुलको कोर्टमा भएको ब्वाइजको फाइनलमा एन्जल लर्डले नेमोनिक मोर्डन एकेडेमीलाई ४९–४२ ले पराजित ग¥यो । एन्जल लर्डको जितमा अभय गुरुङले २२ अंक योगदान गरे ।
गल्र्सको उपाधि भिडन्तमा स्मृति पोखरेलको १६ अंक सहयोगमा बागमतीले पनि नेमोनिकलाई ३७–२५ ले हरायो ।
ब्वाइजमा एन्जल लर्डका समिर मगर र गल्र्समा बागमतीकी स्मृति पोखरेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा नेमोनिकका विपेश थिङ र गल्र्समा नेमोनिककी वर्षा खड्का उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । ब्वाइजमा रेनिस लामा र गल्र्समा अस्मिता थापा सर्वाधिक स्कोरकर्ता बने । दुवै नेमोनिका हुन् ।
ब्वाइजमा मार्वलस र गल्र्समा काठमाडौं जेभियर्स पब्लिक स्कुल अनुशासित टिम ठहरिए । ब्वाइजमा आकाश दीप तथा गल्र्समा विन्सम ‘इमर्जिङ टिम’ बने ।
विजेतालाई गोकर्णेश्वर नगरपालिका मेयर दीपककुमार रिसाल, आयोजक टाइमलाइनका प्रिसिन्सपल रामप्रसाद बडाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ ५ गतेदेखि सुरु भएको प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा १६ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक राजेन्द्र लम्सालले जनाएका छन् ।













भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु
Gold and silver price continues surge
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया