एन्जल लर्ड र बागमतीलाई टाइमलाइन बास्केटबल उपाधि

काठमाडौं । एन्जल लर्ड एकेडेमी र बागमती बोर्डिङ स्कुलले दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् ।
गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित आयोजक टाइमलाइन स्कुलको कोर्टमा भएको ब्वाइजको फाइनलमा एन्जल लर्डले नेमोनिक मोर्डन एकेडेमीलाई ४९–४२ ले पराजित ग¥यो । एन्जल लर्डको जितमा अभय गुरुङले २२ अंक योगदान गरे ।
गल्र्सको उपाधि भिडन्तमा स्मृति पोखरेलको १६ अंक सहयोगमा बागमतीले पनि नेमोनिकलाई ३७–२५ ले हरायो ।
ब्वाइजमा एन्जल लर्डका समिर मगर र गल्र्समा बागमतीकी स्मृति पोखरेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा नेमोनिकका विपेश थिङ र गल्र्समा नेमोनिककी वर्षा खड्का उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । ब्वाइजमा रेनिस लामा र गल्र्समा अस्मिता थापा सर्वाधिक स्कोरकर्ता बने । दुवै नेमोनिका हुन् ।
ब्वाइजमा मार्वलस र गल्र्समा काठमाडौं जेभियर्स पब्लिक स्कुल अनुशासित टिम ठहरिए । ब्वाइजमा आकाश दीप तथा गल्र्समा विन्सम ‘इमर्जिङ टिम’ बने ।
विजेतालाई गोकर्णेश्वर नगरपालिका मेयर दीपककुमार रिसाल, आयोजक टाइमलाइनका प्रिसिन्सपल रामप्रसाद बडाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ ५ गतेदेखि सुरु भएको प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा १६ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक राजेन्द्र लम्सालले जनाएका छन् ।
















मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया