खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता
मेरोन्यूज
२०८२ भदौ १८ गते १८:३२

काठमाडाैं । नेपाल भारोत्तोलन संघ र त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबीच खेलाडी उपचारका लागि बुधबार सम्झौता भएको छ ।
ब्लु क्रसले विशेषज्ञ भेट, एक्स रे, एमआरआई, सीटी स्क्यान, अल्ट्रासाउन्ड, इसीजी, इको, फिजियोथेरापी, रगत परीक्षण र कुनैपनि आकस्मिक दुर्घटनामा २० प्रतिशत छुट दिने छ । औषधि तथा फार्मेसी सेवा, भर्ना भइ उपचार गर्नु पर्ने अवस्था, अवस्था हेरी माइनर र मेजर अपरेसनमा पनि ब्लु क्रसले विशेष छुट दिने सम्झौता भएको भारोत्तोलन संघले जनाएको छ ।
भारोत्तोलन संघले उपलब्ध गराएको योग्य सदस्य र खेलाडीको नामवली, भारोत्तोलन संघको आधिकारिक परिचय पत्र वा सिफारिस पत्रको अधारमा ब्लु क्रसले उपरोक्त सेवा प्रदान गर्ने छ ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया