साफ यू–१७ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा
मेरोन्यूज
२०८२ भदौ २२ गते १३:५८

काठमाडौं । श्रीलंकामा हुने साफ यू–१७ च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ ।
शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले च्याम्पियनसिपका निम्ति २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
टोलीको गोलकिपरमा पेम्बा नोर्बु भोटे, राम बोहोरा र विशेष बानियाँ छन् ।
रक्षकमा प्रशान्त मोक्तान, दीपेन कार्की, धीरज रावल, आदित्य रानामगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का छन् ।
मिडफिल्डरमा प्रशान्त म्याङ्बो, राम थामी, कृष्त भण्डारी, प्रतिश थापामगर, भूपेश लामा, नसिब हेन्जन, सुशान मगर र सुजन स्याङतान छन् ।
फरवार्डमा समीर कुमार, दिग्विजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ रहेका एन्फाले जनाएको छ ।
प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । समूहमा नेपालसँगै बंगलादेश र भुटान छन् ।
प्रतियोगिता यही सेप्टेम्बर १५ देखि १७ सम्म हुनेछ ।
सम्बन्धित
















यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
आज केही स्थानमा वर्षा र हिमपात हुने
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
प्रतिक्रिया