एनएसपिएलको ट्रायल सम्पन्न

काठमाडौं । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को आयोजनामा नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको सबैभन्दा ठूलो टेनिस बल टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपिएल) को ट्रायल सम्पन्न भएको छ।
देशभर विभिन्न स्थानमा सम्पन्न भएका ट्रायलमार्फत खेलाडीहरु लाई छनोट गर्ने प्रक्रिया सकिएको छ। मङलबार काठमाडौंको महालक्ष्मी स्पोट्र्स हबमा अन्तिम ट्रायल सम्पन्न भएको हो। ट्रायलमा खेलाडीहरुको उल्लेखनिय सहभागिता रह्यो। ट्रायलमा करिब १५०० भन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए भने तीमध्ये २५० जना खेलाडीहरुलाई अक्सनका लागि छनोट गरिने छ ।
यो प्रतियोगिता टेनिस बल क्रिकेट खेलाडीहरूलाई आफ्नो क्षमता देखाउने महत्वपूर्ण प्लेटफर्म हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सात टिम सहभागी हुनेछ। प्रतियोगितामा कुल २५ खेल खेलिने छ। लिग चरण सिंगल राउन्ड रोबिन प्रणालीमा सम्पन्न हुनेछ र शीर्ष ४ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्। विजेता टिमले २१ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ११ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगिताका अध्यक्ष ज्ञानु सिंहले यो लिगले उदीयमान प्रतिभाको लागि बलियो र समावेशी प्लेटफर्म निर्माण गरेर ग्रासरुट क्रिकेटलाई विकाश गर्ने बताए। “यो प्रतियोगिताले स्थानीय खेलाडीलाई अवसर र प्रेरणा दिनेछ। साथै, नेपाली क्रिकेटलाई ग्रासरुट स्तरबाट विकास गर्ने उद्देश्य राखिएको छ,” उनले बताए।
हाल प्रतियोगिता केही समयका लागि स्थगित भएको छ। सुरुवाती योजना अनुसार प्रतियोगिता असोज २१ देखि असोज ३१ गतेसम्म हुने तय गरिएको थियो। तर, भदौ २३ र २४ गतेका जेनजी आन्दोलन तथा हाल देश शोकमा डुबेको परिस्थितिलाई मध्यनजर गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी आयोजकले दिएको छ। प्रतियोगिताको नयाँ मिति छिट्टै नै सार्वजनिक हुनेछ।
यस प्रतियोगिताले नेपालमा क्रिकेट खेलको विकाशमा अझ टेवा पुग्ने उद्देश्य राखेको छ ।
















यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
आज केही स्थानमा वर्षा र हिमपात हुने
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया