सीमा आभासको उपन्यास ‘महायुग’ सार्वजनिक

काठमाडौँ । साहित्यकार सीमा आभासको पहिलो उपन्यास ‘महायुग’ आज सार्वजनिक गरिएको छ ।
सो उपन्यासमा एक नारीको आत्मजागृतिको कथालाई एक पिँढीदेखि अर्को पिँढीसम्मका चार पुस्तामा चित्राङ्कन गरिएको जनाइएको छ ।
पुस्तकबारे लेखिका आभासले भनिन्, “हाम्रो समाजले आफू अनुकूलको बन्धनभित्र स्त्रीलाई राख्ने गरेको छ तर स्त्रीभित्र जुन दबिएको स्त्री–शक्ति छ, त्यसलाई जागृत गराई बाँच्न चाहेको परिकल्पनामा मैले उपन्यास लेखेकी हुँ । स्त्रीको चेतनाअनुरुप नै यस उपन्यासमा एक महायुगको निर्माण गरेकी छु ।”
बुकहिल सो पुस्तक प्रकाशन गरेको हो । “एक जिम्मेवार प्रकाशन संस्था भएकाले अहिलेको जेनजी पुस्ताले समेत नेपाली साहित्य पढून् भन्ने उद्देश्यले यो उपन्यास सार्वजनिक गरिएको हो । पुस्तक अवश्य पनि पाठकप्रिय बन्नेछ”, बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले भने ।
कथा र कवितामा कलम चलाइरहेकी विद्रोही चेतलाई आफ्नो लेखनमा मुखरित गर्ने सीमा आभासको यस उपन्यासमा युगीन नारी हुङ्कारलाई प्रस्तुत गरिएको जनाइएको छ । ३६० पृष्ठको पुस्तकको बजार मूल्य ६९९ रहेको छ ।












घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया