चार खेलाडीले विश्व माउन्टेन च्याम्पियनसिप खेल्ने

काठमाडौँ । नेपालका चार खेलाडीले स्पेनमा हुने तेस्रो संस्करणको विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने भएका छन् ।
विश्व एथलेटिक्सले आयोजना गर्ने प्रतियोगितामा नेपालका सुमन कुलुङ, साङ्गे शेर्पा, मनकुमार रोका र सुनमाया बुढाले भाग लिने छन् । स्पेनको क्यान फ्रान्कमा हुने प्रतियोगिता सेप्टेम्बर २४ देखि २९ सम्म हुनेछ ।
भिसाका कारण पुरा टिम सहभागी हुन नपाए पनि नेपालबाट सबैभन्दा माथिल्लो वरीयताका ट्रेल रनरले विश्व स्तरीय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न लागेको नेपाल एडभेन्चर रनिङ फेडेरेसनले जनाएको छ ।
नेपाल नम्बर एक सुमन कुलुङ एसिया वरीयताका समेत एक नम्बरका खेलाडी हुन् भने महिलातर्फ नेपाल नम्बर एक खेलाडी सुनमाया बुढा एसिया वरीयताकी तेस्रो नम्बरकी खेलाडी हुन् । चारै खेलाडीले सिंगल लामो दुरीको ट्रेल रनको इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।
टिम म्यानेजर प्रीति खत्रीले अन्तराष्ट्रिय मापदण्डअनुसार खेलाडी छनोट गरिएको बताइन् । ‘मुख्य मापदण्डको रूपमा आईटीआरए र्याङकिङलाई प्राथमिकता दिइएको छ । पुरुष खेलाडीका लागि योग्यता हासिल गर्न ८६० भन्दा बढी आईटीआरए स्कोर आवश्यक थियो । जसमा शीर्ष तीन पुरुष र महिला खेलाडी छनोट भएका हुन् ।’
महासंघका अध्यक्ष एकेन्द्र कुँवरले नेपाली खेलाडीले विश्व स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नु सबै नेपालीका लागि गर्वको विषय रहेको बताए । उनले फेडेरेसनले नेपाली खेलाडीको विश्वस्तरीय प्रदर्शनलाई सहयोग गर्न आवश्यक पूर्वाधार निर्माण गर्दै अन्तराष्ट्रिय पहुँच सुधार गर्न निरन्तर काम गरिरहेको जनाएका छन् ।

















चितवन राष्टिय निकुञ्जको २ सय ५ गोही नदीमा छाडियो
कैलालीमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु
बागलुङमा ११ सडक धमाधम स्तरोन्नति हुँदै
Woman murdered by husband
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतीमा हुँदैछ काराेबार ?
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया