वेस्ट इन्डिजसँग सिरिज खेल्न राष्ट्रिय क्रिकेट टोलीले आज यूएई जाँदै

काठमाडौं । विश्व विजेता वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्न आज नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)का प्रवक्ता छुमी लामाकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएसँगै सोमबार यूएई प्रस्थानन गर्न लागेको हो ।
टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२० इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपालले त्यहाँ वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ । शुक्रबार नै यूएई जाने तयारीमा रहेको नेपाली टोलीले प्रवेशाज्ञा नपाउँदा रोकिएको हो । आइतबार भिसा पाएसँगै नेपाली टोली आज यूएई जाने भएको हो ।
नेपालले यूएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० शृङ्खला खेल्नेछ । नेपाली टिमको नेतृत्व रोहित पौडेलले गरेका छन् । पहिलो खेल असोज ११ गते हुनेछ भने दोस्रो खेल १३ र अन्तिम अर्थात् फाइनल १४ गते हुँदैछ ।

















भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया