एसिया कपको सुपर फोरमा श्रीलंकाविरुद्ध पाकिस्तान विजयी

काठमाडौं ।एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले श्रीलंकाविरुद्ध पाँच विकेटको जित निकालेको छ । गएराति भएको खेलमा टस जितेर सुरुमा फिल्ड रोजेको पाकिस्तानले पाँच विकेटको जित हात पारेको हो । सुरुमा ब्याटिङ गरेको श्रीलंकाले दिएको १३४ रनको लक्ष्य पाकिस्तानले १८ ओभरको समाप्तिमा १३८ रन बनाउँदै भेट्टाएको हो ।
सुरुमा ब्याटिङ गरेको श्रीलंकाले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३३ रन बनाएको थियो । उसका लागि कामिन्दु मेन्डिसले अर्धशतक बनाए । उनले ४४ बलको सामना गरेर ५० रन जोडेका हुन् । अन्य ब्याट्सम्यानले भने उल्लेख्य रन जोड्न सकेनन् । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले तीन विकेट हात पारे ।
१३४ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानका लागि साहिबजादा फारहानले २४ रन बनाए । फखर जमानले १७ रन जोडे भने हुसेन तलताले ३२ रन थपे । पाकिस्तानका लागि आक्रामक ब्याटिङ गर्दै मोहम्मद नवाजले २४ बलमा नटआउट ३८ रन बनाए ।
१३४ रनको लक्ष्य पाकिस्तानले १८ ओभरको समाप्तिमा पाँच विकेट गुमाउँदै भेट्टाएको हो । यो जितसँगै पाकिस्तानले सुपर फोरमा दुई अंक जोडेको छ । सुपर फोरको पहिलो खेलमा भने पाकिस्तान भारतसँग ६ विकेटले पराजित भएको थियो । सुपर फोरमा आज भारतर र बंगलादेश भिड्दैछन्।
















यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
आज केही स्थानमा वर्षा र हिमपात हुने
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
प्रतिक्रिया