अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडी सम्मानित

काठमाडौं– नेपाल बुदोकैदो ‘फूल कन्ट्याक्ट’ कराते सङ्घले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीलाई सम्मान गरेको छ ।
अजरवैजानको बाकुमा भएको विश्व बुदो मार्सल आट्र्स च्याम्पियनसिपका पदक विजेता सागर विष्ट, बविता कार्की, रोचक भारती, पूजा खड्का र सुदर्शन खतिवडा तथा सोही प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी करुणा राउतलाई आज सम्मान गरिएको हो । श्रीलंकामा भएको दक्षिण एसियाली फूल कन्ट्याक्ट कराते प्रतियोगिताको खुला तौल समूहमा स्वर्ण पदक जितेका सनि सिंह, जापानमा भएको तेजुका कप फूल कन्ट्याक्ट कराते प्रतियोगिताको एकल कातामा कास्य विजेता दावा शेर्पा र थाइल्याण्डमा भएको १२औँ विश्व स्ट्रेन्टलिफ्टिङ तथा इन्क्लान बेञ्च प्रेसको पुरुष ५० वर्षमाथि ७६ केजीमा स्वर्ण जितेका केदारमान स्थापितलाई पनि सम्मान गरिएको छ ।
त्यस अवसरमा नेपाल फूल कन्ट्याक्ट कराते महासङ्घका नवनिर्वाचित अध्यक्ष सूर्यबहादुर बूढाथोकीलाई पनि सम्मान गरिएको थियो ।

















समानुपातिकतर्फका सांसदहरूले पाए प्रमाण पत्र
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
जुम्लामा १ हजार २७७ किशोरीलाई एचपिभी खोप दिने
चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान
सूर्य नेपाल वेस्टर्न ओपन सुरू: पहिलो दिन ५ गल्फर शीर्षस्थानमा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
प्रतिक्रिया