वेस्ट इन्डिजसँगको अन्तिम दुई खेलमा निलम्बित थिए सन्दीप
मेरोन्यूज
२०८२ असोज १५ गते २०:४५

काठमाडौं। नेपाल क्रिकेट सङ्घ क्यानले पूर्वकप्तान सन्दीप लामिछानेलाई वेस्ट इन्डिजसँगको युनिटी कप सिरिजअन्तर्गतका अन्तिम दुई खेलमा निलम्बन गरिएको जानकारी दिएको छ ।
क्यानले बुधबार साँझ विज्ञप्ति जारी गर्दै सन्दीपलाई सिरिजका अन्तिम दुई खेलमा निलम्बन गरिएको जनाएको हो ।सेप्टेम्बर २७ मा पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेटअघि सन्दीपले आफैं नखेल्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उनको उक्त निर्णयले टिम म्यानेजमेन्ट, खेलाडी एवम समग्र नेपाली क्रिकेटमै गम्भीर असर पर्न गएको विज्ञप्तिमा उल्लेख छ ।
सन्दीपले अन्तिम समयमा खेल्न अस्वीकार गरेपछि व्यवस्थापनको सिफारिसमा बाँकी खेल तथा सम्पूर्ण सिरिजका लागि उनलाई निलम्बन गरिएको जनाइएको छ ।
यद्यपि, अक्टोबर ८ देखि ओमानमा हुने आईसीसी टी-२० विश्वकप छनोटमा सन्दीप सहभागी हुने क्यानले जनाएको छ ।
सम्बन्धित
















यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
आज केही स्थानमा वर्षा र हिमपात हुने
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
प्रतिक्रिया