कार्यालय मर्मतपछि राजस्व सङ्कलन सुरु

जनकपुरधाम। जेनजीको प्रर्दशनका क्रममा आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त भई सेवा बन्द भएको आन्तरिक राजस्व कार्यालयबाट आजदेखि राजस्व सङ्कलन तथा सेवा प्रवाहको कार्य सुरु भएको छ ।
उक्त कार्यालयको भौतिक सामग्रीको खरिद, मर्मत सम्भार, सरसफाइ तथा रङरोगन गरी कार्यालय सञ्चालन भएको सो कार्यालयले जनाएको छ । गत भदौ २३ र २४ गतेको जेनजीको प्रदर्शनका क्रममा जनकपुरधामस्थित विभिन्न कार्यालयमा तोडफोड तथा आगजनीको भएको थियो ।
आगजनी तथा तोडफोडबाट कार्यालयको करिब रु दुई करोड ५० लाख बराबरको भौतिक सम्पत्ति जलेर नष्ट भएको कार्यालय प्रमुख आनन्दप्रसाद गुप्ताले जानकारी दिए । सो क्रममा कार्यालय हाताभित्र रहेको चारपाङ्ग्रे दुई गाडी तथा पाँच मोटरसाइकल, फर्निचर, कम्प्युटर, ल्यापटप तथा कागजपत्र, राजस्व स्टीकर, पाले घरलगायत कार्यालयका कोठा जलेर नष्ट भएका थिए । कार्यालय मर्मत सुधार भएपछि विस्तारै सेवा सुरु गरिएको तथा सेवाग्रही राजस्व वुझाउन आउन थालेका छन् ।









एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
आज मंसिर १० गते बुधबार, कस्ताे रहला तपाइकाे राशिफल ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आज दिनभरको मौसम कस्तो रहला ?
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
प्रतिक्रिया