रेड्मी नोट १४ स्मार्ट फोनमा भारी छुट

काठमाडौँ । शाओमी नेपालले “शाओमी महा फेस्टिवल” उत्सवको अवसरमा आफ्नो लोकप्रिय ब्राण्ड रेड्मी नोट १४ सिरिजको मूल्यमा भारी छुट दिएको घोषणा गरेको छ । यस कार्यले नेपालभरका ग्राहकहरूलाई आफ्नो मनपर्ने स्मार्ट फोनमा अपग्रेड गर्न थप आकर्षक अवसर प्रदान गरेको छ ।
रेड्मी नोट १४ सिरिजको मूल्यमा भारी छुट बारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “यस रेड्मी नोट १४ सिरिजले सम्पूर्ण नेपाली ग्राहकहरूको मनमा सधैं विशेष स्थान बनाएको छ । यस सिरिजको मूल्यमा गरिएको यो नयाँ मूल्य हाम्रो वाचा पुनः दोहोर्याउने प्रयास हो । साथै यसले सबैलाई सहज मूल्यमा अत्याधुनिक प्रविधिको अनुभव दिलाउने छ । अब अझ धेरै प्रयोगकर्ताले कुनै सम्झौता नगरी रेड्मी नोट १४ सिरिजको फ्ल्यागशिप स्तरको डिजाइन र प्रदर्शनको आनन्द लिन सक्नेछन् भन्ने कुरामा हामी उत्साहित छौँ ।”
हामीले हाम्रा ग्राहकहरूका लागि रेड्मी नोट १४ सिरिजलाई अझ सुलभ बनाउने लक्ष्य पनि राखेका छौँ, जसले गर्दा हाम्रा ग्राहकहरुलाई अझै सरल मूल्यमा फ्ल्यागशिप स्तरको डिजाइन र प्रदर्शनको अनुभव लिन सक्षम बनाउनेछ ।”
रेड्मी नोट १४ सिरिजको नयाँ मूल्य यसप्रकार छ :
रेड्मी नोट १४
• 6GB + 128GB: रु. २४,९९९ → रु. २३,९९९
• 8GB + 256GB: रु. २७,९९९ → रु. २६,९९९
रेड्मी नोट १४ (5G)
• 8GB + 256GB: रु. ३०,९९९ → रु. २९,९९९
• 12GB + 512GB: रु. ३५,९९९ → रु. ३४,९९९
आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र उन्नत क्यामेरा प्रणालीको संयोजनका साथ, रेड्मी नोट १४ सिरिजले प्रयोगकर्ताका हरेक अपेक्षा पुरा गर्दै आएको छ ।
संशोधित मूल्यहरू २०८२ साल असोज ७ गते (सेप्टेम्बर २३, २०२५) देखि लागू भएको र नेपालभरका सबै शाओमीका अधिकृत बिक्रेता तथा खुद्रा बिक्रेता र प्रमुख स्मार्टफोन स्टोरहरूमा उपलब्ध रहेको कम्पनीले उल्लेख गरेको छ ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया