यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रूपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रूपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा रहनेछ ।
यस्तै, आज पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रूपैयाँ ८७ पैसा र बिक्रीदर १८८ रूपैयाँ ६७ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १७५ रूपैयाँ ७३ पैसा र बिक्रीदर १७६ रूपैयाँ ४८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ ६८ पैसा र बिक्रीदर ९२ रूपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ २० पैसा र बिक्रीदर १०० रूपैयाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रूपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ २९ पैसा र बिक्रीदर नौ रूपैयाँ ३३ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ७३ पैसा र बिक्रीदर १९ रूपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ५० पैसा र बिक्रीदर ३७ रूपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रूपैयाँ ७५ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ३२ पैसा र बिक्रीदर चार रूपैयाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ २९ पैसा र बिक्रीदर ३८ रूपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ २३ पैसा र बिक्रीदर ३३ रूपैयाँ ३७ पैसामा विनिमय हुनेछ । साउथ कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ८८ पैसा र बिक्रीदर ९ रूपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ८३ पैसा र बिक्रीदर १४ रूपैयाँ ८९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ९० पैसा र बिक्रीदर २१ रूपैयाँ ९९ पैसा तोकिएको छ ।
यस्तै, हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ०९ पैसा र बिक्रीदर १८ रूपैयाँ १७ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रूपैयाँ १६ पैसा र बिक्रीदर ४६० रूपैयाँ १२ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७४ रूपैयाँ ६४ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रूपैयाँ २५ पैसा र बिक्रीदर ३६६ रूपैयाँ ८१ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।
निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका निम्ति प्रचण्डको अपिल
निर्वाचन लक्षित सुरक्षा तयारी पूरा, स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेः गृहमन्त्री अर्याल
मानवअधिकार आयोगले भन्यो – युद्धप्रभावित मुलुकमा नेपालीको सुरक्षा र उद्धार सुनिश्चित होस्
१९ अंकले बढ्याे सेयर बजार
निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन प्रहरी कर्मचारी प्रतिबद्ध हुनुपर्ने: प्रहरी महानिरीक्षक कार्की















अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
जापानमा वृद्ध व्यक्ति भित्तेचित्र कोरेको आरोपमा पक्राउ
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
प्रतिक्रिया