आज २०८२ साल कात्तिक ४ गते मंगलबारको राशिफल

काठमाडौं । आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक कृष्ण पक्षको औसी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : नोकरी वा पेशामा अधिकारी वर्गहरूको सहयोग मिल्नाले मनोबल बढ्नेछ। घरपरिवारको आपसी मतभेद सुल्झिनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। जीवन साथीको स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।
वृष : आर्थिक कारोबारको मामलाहरूमा सावधानी अपनाउनुहोला। सामाजिक गतिविधिलाई लिएर जानकारी हुनेछ। यात्रा गर्दा अनजान व्यक्तिहरूसँग सचेत रहनुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।
मिथुन : व्यापार विस्तारलाई लिएर योजनाहरू बन्नेछन्। नयाँ कार्यप्रति सजगता अपनाउनुहोस्। कार्यक्षेत्रमा व्यस्तताले घरपरिवार तर्फ ध्यान कम जाला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक १ रहेको छ।
कर्कट : सामाजिक कार्यमा भागीदारी बढ्नेछ। विरोधीहरूले हानि पुर्याउने प्रयास गर्नेछन्। मित्रको सहयोगले अड्किएको कार्य पूरा हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
सिंह : धार्मिकमा सांस्कृतिक क्रियाकलापमा आर्थिक योगदान बढ्नेछ। आत्मबलमा वृद्धि हुनेछ। धैर्य र पराक्रमले आँटेको कार्यसम्पादन गर्न सक्नुहुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
कन्या : घरेलु जिम्मेवारी साथै आफ्नो स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। अध्ययनको क्षेत्रमा एकाग्रता राख्नुहोस्। लेन देनमा सावधानी अपनाउनुहोस्। आतिथ्यपूर्ण सत्कारले मन प्रसन्न रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।
तुला : मान सम्मानमा वृद्धि हुनेछ। आफ्नो कार्यकुशलताले अरुलाई प्रभावित पार्न सकिनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। चिताएका कार्य पूरा हुनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
वृश्चिक : घर परिवारमा आफन्तहरूको आगमनले मन हर्षित रहनेछ। पुरानो रोगले सताउला। आर्थिक पक्ष कमजोर रहन सक्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
धनु : अध्ययन द्वारा उचित मार्गदर्शन मिल्नेछ। सुख सुविधामा धन खर्च हुनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
मकर : साझेदारी व्यापारमा आपसी समझदारीमा कमी आउनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस। अशक्तहरूलाई सहयोग गरेर मन प्रसन्न रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ : नयाँ योजनाहरुमा आकस्मिक बदलाव गर्नुपर्ला। परिवारमा मांगलिक कार्य सम्पन्न हुनेछ। कानुनी मुद्दा मामलामा पक्ष मजबुत रहनेछ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
मीन : लोक कल्याणको कार्यमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा प्रतिद्वन्दीहरूबाट आलोचना पाइनेछ। नयाँ लगानी लगाउनको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।









टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ
नेपाल–श्रीलङ्का व्यापार र हवाई सेवा विस्तार गर्न चेम्बरको पहल
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
प्रतिक्रिया