चितवन राइनोजले भित्र्यायो तीन विदेशी खेलाडी

नारायणगढ (चितवन)। नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि चितवन राइनोजले तीन जना विदेशी खेलाडी अनुबन्ध गरेको छ । पहिलो संस्करणमा समेत खेलेका पाकिस्तानका सोहेल तन्विर र इंग्ल्यान्डका अलराउन्डर रवी बोपारासँगै इंग्ल्यान्डकै ब्याटर डेविड मलान यस संस्करणमा चितवन राइनोजबाट खेल्ने भएका हुन् ।
राइनोजले आज चितवनमा आयोजित ट्रफी टुर कार्यक्रममा तीन विदेशी खेलाडी अनुबन्ध भएको घोषणा गरेको चितवन राइनोजका निर्देशक प्रताप देवकोटाले जानकारी दिनुभयो । उनका अनुसार नारायणगढस्थित क्याम्पाचौरम भएको ट्रफी टुरमा समर्थकको उपस्थितिमा एनपिएलको ट्रफी सार्वजनिक गरिएको थियो ।
सो अवसरमा ‘फेस अफ द राइनोज’ पनि घोषणा गरिएको थियो । जसमा राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा, नायिका नीति शाह र चितवन महिला क्रिकेट टिमकी कप्तान हेलिशा गुरुङ चितवन राइनोजका ब्राण्ड एम्बेसडरको रूपमा रहने छन् । निर्देशक देवकोटाका अनुसार थप तीन विदेशी खेलाडी छिट्टै सार्वजनिक गरिनेछ । एनपिएलको दोस्रो संस्करण आगामी मङ्सिर १ गतेदेखि सुरु हुँदैछ ।
















भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया