धानको समर्थन मूल्यका पर्खाइमा किसान

भजनी (कैलाली)। कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यमा धान बिक्री गर्न पर्खिरहेका छन्।
टीकापुर नगरपालिका–४ का किसान बन्धुराम डगौराले केही धान घरायसी खर्चका लागि प्रतिक्विन्टल रु २,५०० मा बिक्री गर्नुपरे पनि बाँकी धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई बेच्ने तयारीमा राखेका छन्।
“खाद्यले समयमा खरिद गरेको भए सस्तोमा बिक्री गर्नुपर्ने थिएन,” उनले भने।
खाद्य कम्पनीले समयमा धान खरिद नगर्दा धेरै किसान आर्थिक समस्यामा परेका छन्। घरको खर्च चलाउन र भण्डारणको अभावका कारण किसान सस्तोमा धान बेच्न बाध्य छन्।
भजनी–३ का किसान श्रवण थारुका अनुसार, “३०÷४० क्विन्टल धान हुन्छ, तर राख्ने ठाउँ हुँदैन, त्यसैले सस्तोमै बेच्नुपर्छ।”
किसान जयप्रसाद ढुंगानाले सरकारले किसानको पीडा कहिल्यै नबुझेको आरोप लगाए। “सरकारले समर्थन मूल्य तोके पनि समयमा खरिद गर्दैन,” उनले भने, “किसानको समस्या खेती गर्दा पनि समाधान हुँदैन, बिक्री गर्दा पनि।”
कतिपय किसानले अझै धान भित्र्याएका छैनन्। खेतमै थुपारेर खाद्य कम्पनीको पर्खाइमा रहेका छन्। भजनीका किसान जितबहादुर चौधरीले भने, “खाद्यले समयमा धान खरिद गरेको कहिल्यै देखिएको छैन। अब सस्तोमै बिक्री गर्नुपर्ने हुन्छ।”
धान खरिदमा ढिलाइ भएपछि किसानहरूको असन्तुष्टि बढेपछि स्थानीय प्रशासनले चासो देखाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालसहित सरोकारवालाको बैठकले कात्तिक ११ गतेभित्र धान खरिद सुरु गर्न र कोटा बढाउन खाद्य कम्पनीलाई आग्रह गर्ने निर्णय गरेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सरकारले तोकेको मूल्यमा कैलालीका टीकापुर, सत्ती, जोशीपुर, भजनी, गौरीगङ्गा र धनगढी मोहनपुरका डिपोमार्फत धान खरिद गर्ने तयारी गरेको छ।
प्रादेशिक कार्यालय धनगढीका प्रमुख दीपक थापाका अनुसार केन्द्रबाट कोटा निर्धारणसहितको परिपत्र नआएकाले खरिद सुरु हुन सकेको छैन। “परिपत्र आउनासाथ खरिद सुरु हुनेछ,” उनले बताए।
यस वर्ष सरकारले मोटो धानको समर्थन मूल्य प्रतिक्विन्टल रु ३,४६३.८१ र मध्यम धानको रु ३,६२८.३३ तोकेको छ।













पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे
विधानअनुसार अघि बढे पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
Around 300,000 foreign tourists visit Annapurna area in 2025
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
प्रतिक्रिया