‘हिडन भ्याली’ मा फसेका १५ जना पर्यटकको उद्धार

म्याग्दी । धौलागिरि चक्रीय पदमार्गको ‘हिडन भ्याली’ मा फसेका तीन विदेशी पर्यटकसहित १५ जनाको शुक्रबार सुरक्षाकर्मीको टोलीले उद्धार गरेको छ ।
म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको इटाली आधार शिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा जाने क्रममा सोमबार रातिदेखि भएको हिमपातले पदमार्ग पुरिएपछि १२ नेपाली र तीन जना बेलायतका पर्यटकहरू फसेका थिए ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जोमसोमबाट गएका सुरक्षाकर्मी र हिडन भ्यालीबाट आएका पर्यटकहरू समुन्द्री सतहदेखि चार हजार ९०० मिटर उचाइमा रहेको बतासे डाँडामा भेटेर जोमसोम ल्याइएको जानकारी दिए ।
‘पर्यटकलाई पदयात्रामा पठाएको कम्पनीले समस्यामा परेको भन्दै उद्धारका लागि अनुरोध गरेपछि बुधबार सुरक्षाकर्मीको टोली पठाएका थियौँ’, उनले भने ‘पर्यटक, पथप्रदर्शक र पर्यटक मजदुरहरूको उद्धार गरिएको छ ।’
काठमाडौंको सेक्रेट हिमालय ट्रेड एण्ड एक्पिडिसन ट्राभल एजेन्सीमार्फत पदयात्रामा गएका बेलायतका पर्यटकले हिँड्न गाह्रो पर्ने भएकाले मङ्गलबार साँझ सम्बन्धित कम्पनीमार्फत हेलिकप्टरबाट उद्धारको व्यवस्था मिलाउन अनुरोध गरेका थिए । मेरी रेप्स, क्याथोरिन विल्सन र इमिली कोट्स नाम गरेका बेलायतका महिला पर्यटक पदयात्रामा गएका थिए ।
पथप्रर्दशकले स्याटेलाइट फोनमार्फत उद्धारको अनुरोध गरेका प्रजिअ भुसालले बताए । जोमसोमस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालयका सेनानी प्रशान्त विष्टको नेतृत्वमा १५ जना तालिम प्राप्त सुरक्षाकर्मीलाई उद्धार कार्यमा परिचालन गरिएको उनले जानकारी दिने ।












अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची
रवि, बालेन र कुलमानबीच के के सहमति भए ?
गुरुङ समुदायमा आज तमु ल्होसार पर्व मनाइँदै
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
प्रतिक्रिया