विश्वकप लिग-२: घरेलु मैदानमा अमेरिकासँग यूएईको लज्जास्पद पराजय

काठमाडौं । आईसिसी विश्वकप लिग–२ अन्तर्गत सोमबारको खेलमा घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई)ले अमेरिकासँग लज्जास्पद हारको सामना गरेको छ ।
सुरुमा ब्याटिङ गरेको अमेरिकाले दिएको २९३ रनको लक्ष्य पछ्याएको यूएई ४९ रनमा अलआउट हुँदै २४३ रनले पराजित भएको हो ।अमेरिकाले ५० ओभर खेल्दै मात्र तीन विकेटको क्षतिमा २९३ रन बनाएको थियो । उसका लागि सइतेजा मुकमल्ला र मिलिन्द कुमारले शतकीय इनिङ खेले । मुकमल्लाले १३७ रन बनाउँदा कुमारले १२३ रन बनाए । दुवै ब्याट्सम्यानले २६४ रनको ऐतिहासिक साझेदारीसमेत गरेका छन् । अमेरिकी क्रिकेटमा शतकको साझेदारी गरेका ब्याट्सम्यान नटआउटसमेत रहे ।
२९३ रनको लक्ष्य पछ्याएको यूएईका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । २२ ओभर १ बलको सामना गर्दा यूएईले सबै विकेट गुमाएर मात्र ४९ रन बनाउँदै लज्जास्पद हारको सामना गरेको हो ।यूएईका जुनैद सिद्धिकीले सर्वाधिक १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले रन जोड्न सकेनन् । उसका तीन ब्याटर शून्यमै आउट भए ।
यूएईलाई कमजोर सावित गर्न अमेरिकाका ऋषि उगरकले पाँच विकेट हात पारे । ८ ओभर १ बल बलिङ गर्दा उनले मात्र २२ रन खर्चिएर पाँच विकेट लिएका हुन् । उसका लागि सौरभ नेत्रवल्करले तीन विकेट हात पारे ।
लिग दुईको यो शृङ्खलाको आयोजकसमेत रहेको यूएईले अब अर्को खेल बुधबार नेपालसँग खेल्दैछ । लिग२ को अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ भने यूएई पुछारमा छ । अमेरिकाले २४ खेल खेल्दा ३६ अंक जोडेको छ भने १९ खेल खेलेको यूएईले ८ अंक मात्र बनाएको छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया