मधेसकाे मुख्यमन्त्री नियुक्तिविरुद्ध ७ दल अदालत जाने

जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णाप्रसाद यादवले मुख्यमन्त्री नियुक्ति प्रक्रिया गैरकानुनी भएको भन्दै सर्वाेच्च अदालतमा मुद्दा दायर गर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव आज मुख्यमन्त्री पदमा नियुक्त भएपछि जनकपुरधाममा आयोजित विरोध कार्यक्रममा पत्रकारहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै नेता यादवले कानुनी लडाइँअन्तर्गत सर्वोच्च अदालतमा मुद्दा दायर गर्नलागेको स्पष्ट गरे ।
एमाले पार्टी बाहेकका ७४ जना प्रदेश सांसदको हस्ताक्षरसहित आफूहरू अदालती प्रक्रियामा जान लागेको उनले जानकारी दिए।
नेपालको संविधानको धारा १६८ को उपधारा–२ बमोजिम कांग्रेससहित विभिन्न सात दलसम्बद्ध सांसदको साथ र सहयोगमा अदालत जान लागेको नेता यादवले बताए।
यसअघि लोसपाका नेता जितेन्द्रप्रसाद सोनलले विश्वासको मत लिन नसक्ने वातावरण सिर्जना भएपछि प्रदेश मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज बिहानै एमाले नेता यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएपछि कांग्रेससहितका सात राजनीतिक दल सो कदमको विरोधमा राजनीतिक तथा कानुनी लडाइँमा उत्रिएका छन् ।
यसैबीच मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा–१६८ को उपधारा–३ बमोजिम सरोजकुमार यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेको उनको सचिवालयले स्पष्ट गरेको छ ।











दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया