खेलाडीको वृत्तिविकासका लागि एनपिएल महत्वपूर्णः कप्तान पौडेल

काठमाडौँ। लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपालका क्रिकेट खेलाडीको वृत्तिविकासका लागि नेपाल प्रिमियर लिग (एनपिएल) महत्वपूर्ण प्लेटफर्म भएको बताएका छन् । एनपिएलअन्तर्गत आज आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेपछि सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा उनले प्रतियोगिताका कारण धेरै नेपाली खेलाडीले लाभ लिने बताए । कप्तान पौडेलले यो संस्करणमा जीतसँगै सुरुआत भएकाले आत्मबल बढेको उल्लेख गरे ।
“पहिलो खेलमा विदेशी खेलाडीले पनि राम्रो प्रदर्शन गरे, यसका लागि दुई÷तीन महिनादेखि नै काम भइरहेको थियो, स्वदेशी र विदेशी खेलाडीबीच समन्वय भएमा नतिजा सकारात्मक निस्कन्छ”, उनले भने । त्यसैगरी, उनले नेपालमै फ्लडलाइटमा खेल्ने सपना पनि पूरा भएको बताए ।
उनले भने, “फ्लडलाइटमा खेल्ने हाम्रो सपना एनपिएलमार्फत पूरा भएको छ, विदेशमा फ्लडलाइटमा खेल्न सुरुमा समस्या हुन्थ्यो, अब हामीलाई सहज हुन्छ ।” एनपिएलमा विदेशी खेलाडी पनि रहेको र उनीहरूबाट नेपाली खेलाडीहरूले सिक्नुपर्नेमा उनले जोड दिए ।
उनले भने, “नेपाली खेलाडीसँग सीप छ भने विदेशी खेलाडीसँग सीप र अनुभव दुवै छ, हामीले उनीहरुबाट धेरै कुरा सिक्न सक्छौँ ।” चितवन राइनोजका रवि बोपराले नेपालमा फ्लडलाइट र प्याराफिट बनेकामा खुसी व्यक्त गरे । इङ्गल्याणडका बोपरा पहिलो संस्करणमा पनि चितवन राइनोजबाट एनपिएल खेलेका थिए ।













रातभरिमा सहमतिको बिन्दुमा पुग्छौँ : श्याम घिमिरे
त्रिशूली किनारमा बालुवाले पुरिएको अवस्थामा भेटियो गणपति डिलक्स
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त
चुरोटभन्दा हानिकारक हुक्का
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया