खेलाडीको वृत्तिविकासका लागि एनपिएल महत्वपूर्णः कप्तान पौडेल

काठमाडौँ। लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपालका क्रिकेट खेलाडीको वृत्तिविकासका लागि नेपाल प्रिमियर लिग (एनपिएल) महत्वपूर्ण प्लेटफर्म भएको बताएका छन् । एनपिएलअन्तर्गत आज आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेपछि सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा उनले प्रतियोगिताका कारण धेरै नेपाली खेलाडीले लाभ लिने बताए । कप्तान पौडेलले यो संस्करणमा जीतसँगै सुरुआत भएकाले आत्मबल बढेको उल्लेख गरे ।
“पहिलो खेलमा विदेशी खेलाडीले पनि राम्रो प्रदर्शन गरे, यसका लागि दुई÷तीन महिनादेखि नै काम भइरहेको थियो, स्वदेशी र विदेशी खेलाडीबीच समन्वय भएमा नतिजा सकारात्मक निस्कन्छ”, उनले भने । त्यसैगरी, उनले नेपालमै फ्लडलाइटमा खेल्ने सपना पनि पूरा भएको बताए ।
उनले भने, “फ्लडलाइटमा खेल्ने हाम्रो सपना एनपिएलमार्फत पूरा भएको छ, विदेशमा फ्लडलाइटमा खेल्न सुरुमा समस्या हुन्थ्यो, अब हामीलाई सहज हुन्छ ।” एनपिएलमा विदेशी खेलाडी पनि रहेको र उनीहरूबाट नेपाली खेलाडीहरूले सिक्नुपर्नेमा उनले जोड दिए ।
उनले भने, “नेपाली खेलाडीसँग सीप छ भने विदेशी खेलाडीसँग सीप र अनुभव दुवै छ, हामीले उनीहरुबाट धेरै कुरा सिक्न सक्छौँ ।” चितवन राइनोजका रवि बोपराले नेपालमा फ्लडलाइट र प्याराफिट बनेकामा खुसी व्यक्त गरे । इङ्गल्याणडका बोपरा पहिलो संस्करणमा पनि चितवन राइनोजबाट एनपिएल खेलेका थिए ।
















Stampede at Haiti fort kills at least 30: local media
करण केसीलाई एक खेलमा प्रतिबन्ध
जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
NA Chair Dahal calls on President Paudel
डोङफेङ मोटरद्वारा पहिलो इएमबी सामूहिक उत्पादन परियोजनाको जाडो परीक्षण सम्पन्न
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया