चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
मेरोन्यूज
२०८२ मंसिर ७ गते १०:४७

चितवन– चितवनमा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक खैरहनी नगरपालिका–४ का राममणि न्यौपाने रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार कालिका नागरपालिका–११ सिद्धि कल्याण चौरस्थित भित्री सडकमा सिद्धिबाट कल्याणचौरतर्फ गइरहेको बा१८च८९७३ नम्बरको बलेरो गए राति अनियन्त्रित भई दुर्घटना भएकाे थियाे ।दुर्घटनामा गम्भीर घाइते न्यौपानेको उपचारका लागि भरतपुर अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी खनालले जानकारी दिए ।
बलेरो सडकदेखि अन्दाजी १५० मिटर तल खसेको थियो । बोलेरोमा चालक न्यौपानेमात्र सवार रहेको जनाइएको छ ।
सम्बन्धित









चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते
बाबुराम र जनार्दनको एकतापछि आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
प्रतिक्रिया