शनिबार, पुष ५, २०८२

सुदूरपश्चिमविरूद्ध पहिला ब्याटिङ गर्दै जनकपुर

मेरोन्यूज २०८२ मंसिर १३ गते १५:५६

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको दोस्रो खेल जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

तीन खेल खेलेर अङ्कविहीन अवस्थामा रहेको जनकपुर आज जीतको खोजीमा छ । जनकपुर अङ्कतालिकाको पुछारमा छ ।

प्रतियोगितामा अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अङ्क तालिकाको पहिलो स्थानमा छ । सुदूरपश्चिम आज विजयी भयो प्लेअफमा उसको स्थान सुरक्षित हुनेछ ।

आजै भएको पहिलो खेलमा लुम्बिनीले पोखरालाई तीन विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया