एनपिएलः कर्णालीद्वारा काठमाडौँलाई १५० रनको लक्ष्य

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल)को १९औँ खेलमा आज कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४९ रन बनायो ।
जसमा गुल्शन झाले सर्वाधिक ४९, पवन सराफले ३५, मार्क वाटले ३० रन जोडे । बलिङतर्फ काठमाडौँका राशिद खान सर्वाधिक दुई विकेट लिए । सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले चार खेलबाट एक खेल मात्रै जितेको छ । दुई अङ्क मात्रै जोडेको कर्णाली छैटौँ स्थानमा छ । ‘प्लेअफ’मा यात्राको बाटोमा रहिरहन उसलाई आजको जित आवश्यक छ । करण केसी नेतृत्वमा रहेको काठमाडौँले पाँच खेलबाट तीन खेल जितेर तेस्रो स्थानमा छ ।
‘प्लेअफ’ यात्रामा जोडिन काठमाडौँका लागि पनि यो खेल महत्वपूर्ण हुनेछ । जारी प्रतियोगितामा अपराजित सुदूरपश्चिम रोयल्स पाँच जितका साथ प्लेअफमा सुरक्षित भइसकेको छ । नेपाल क्रिकेट सङ्घको आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया