एनपिएलः कर्णालीद्वारा काठमाडौँलाई १५० रनको लक्ष्य

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल)को १९औँ खेलमा आज कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४९ रन बनायो ।
जसमा गुल्शन झाले सर्वाधिक ४९, पवन सराफले ३५, मार्क वाटले ३० रन जोडे । बलिङतर्फ काठमाडौँका राशिद खान सर्वाधिक दुई विकेट लिए । सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले चार खेलबाट एक खेल मात्रै जितेको छ । दुई अङ्क मात्रै जोडेको कर्णाली छैटौँ स्थानमा छ । ‘प्लेअफ’मा यात्राको बाटोमा रहिरहन उसलाई आजको जित आवश्यक छ । करण केसी नेतृत्वमा रहेको काठमाडौँले पाँच खेलबाट तीन खेल जितेर तेस्रो स्थानमा छ ।
‘प्लेअफ’ यात्रामा जोडिन काठमाडौँका लागि पनि यो खेल महत्वपूर्ण हुनेछ । जारी प्रतियोगितामा अपराजित सुदूरपश्चिम रोयल्स पाँच जितका साथ प्लेअफमा सुरक्षित भइसकेको छ । नेपाल क्रिकेट सङ्घको आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
प्रतिक्रिया