एसिसी यु-१९ प्रिमियर कपः उपाधिका लागि नेपाल र युएईबीच प्रतिस्पर्धा

काठमाडौँ। संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक युएईबीच प्रतिस्पर्धा हुने भएको छ । उपाधिका लागि सोमबार बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा खेल हुनेछ ।
नेपालले मलेसियालाई नौ विकेटले हराएर उपाधि नजिक पुगेको हो । युएईले भने ओमानलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् ।
प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ । सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ । तेस्रो स्थानका लागि सोमबार मलेसिया र ओमान खेल्नेछन् । प्रतियोगितामा १४ टोलीको सहभागिता थियो । यु-१९ एसिया कप आगामी डिसेम्बरमा युएईमा हुँदैछ ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया