महिला फुटबल : आज नेपाल र चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदै

योग्यकर्ता (इन्डोनेसिया)। यहाँ जारी त्रिदेशीय अन्तरराष्ट्रिय मैत्रिपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदैछ । स्थानीय समयअनुसार खेल साँझ ७ः३० बजे हुनेछ । नेपालभन्दा बलियो मानिएको टोली चाइनिज ताइपेइ फिफा वरियतामा नेपालभन्दा माथि रहेको छ ।
चाइनिज ताइपेइ फिफा वरियतामा ४२औँ स्थानमा रहँदा नेपाल ८९औँ स्थानमा छ । सन् १९७७ मा अन्तरराष्टिय महिला प्रतियोगितामा सहभागिता जनाएको चिनियाँ ताइपेइले १९७७, १९७९ र १९८१ मा लगातार एएफसी महिला एसियन कपको उपाधिसमेत जितेको थियो । सन् १९८६ देखि अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिँदै आएको नेपालले पनि एसियन कप खेलेको थियो तर नेपालको सहभागिता समूह चरणको खेलमा मात्र सीमित बनेको देखिन्छ ।
नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले चिनियाँ ताइपेइ नेपालभन्दा बलियो टोली भएता पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै जित निकाल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अघिल्लो इन्डोनेसियाविरुद्धको खेलमा फिनिसिङ कमजोर देखिए पनि चिनियाँ ताइपेइविरुद्धको खेलमा सुधारिएको प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, “हामी सुधारिएको खेल प्रदर्शन गर्दै जीतको लक्ष्यसहित मैदानमा उत्रनेछौँ । राम्रो सङ्गठनमा खेल्न सक्यौँ भने चाइनजि ताइपेलाई हराएर प्रतियोगिताको समापन सकारात्मक गर्नेछौँ । हामीले जित निकाल्छाँै भन्ने विश्वास छ ।” मुख्य प्रशिक्षक न्यौपानेले नेपाली टोली साफ च्याम्पियनसिपको तयारीमा रहेको हुँदा ‘इन्जुड’ खेलाडीलाई आराम दिँदै नयाँ खेलाडीलाई मौका दिइने र आवश्यक परे सबैलाई मैदानमा उतार्न सकिने बताए ।
त्यसैगरी, नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले सबै खेलाडी मानसिक र शारीरिक रूपमा तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी राम्रो खेल्छौँ । सबै खेलाडी ‘फिजिकली’ र ‘मेन्टली’ तयार भएकाले मैदानमा शतप्रतिशत खेल्नेछौँ । यस सिरिजअन्तर्गत यही मङ्सिर १० गते भएको पहिलो इन्डोनेसियाविरुद्धको खेलमा नेपाल पराजित भएको थियो । सो खेलमा इन्डोनेसियासँग नेपाल २–१ गोलअन्तरले पराजित भएको थियो । त्यसैगरी यता चिनियाँ ताइपेइले भने इन्डोनेसियामाथि ५–० गोलको जित निकालेको थियो ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया