नेपालको विकास प्रयासमा सक्दो सहयोग गर्ने थाइल्याण्डको प्रतिबद्धता
मेरोन्यूज
२०८२ मंसिर १७ गते १७:४१

काठमाडौँ । थाइल्याण्डका कार्यवाहक राजदूत मामुसाभी मौसाकुलले नेपालको विकास प्रयासमा थाइल्याण्डले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
थाइल्याण्डको राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राजदूत मौसाकुलले थाइल्याण्ड र नेपालका बौद्ध सम्पदाले दुई देशबीचको जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाएको बताइन् । नेपालको कृषि क्षेत्रको उन्नयनका निम्ति थाइल्याण्डले यथासम्भव सहयोग गर्दै आएको बताउँदै उनले हालै जैविक कृषिबारेमा नेपाली किसानलाई प्रशिक्षण दिइएको जानकारी दिइन् ।
त्यस अवसरमा परराष्ट्र मन्त्रालयका निमित्ति सचिव कृष्णप्रसाद ढकाल, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, कामको सिलसिलामा यहाँ रहेका थाई नागरिक, उद्यमी, व्यवसायी तथा वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो ।
सम्बन्धित









मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान
ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका
सन्तान गुमाउँदाको असह्य पीडा भोगिरहेकी लक्ष्मी, भन्छिन्- छोराको सरकारी जागिर खाने सपना थियाे (भिडियाेसहित)
पर्यटक घट्दा बेगनासका डुङ्गा व्यवसायी संकटमा
विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
सरकारले जनाधार भएका पार्टीसँग छलफल गरी चुनाव सुनिश्चित गर्नुपर्छ : संयोजक दाहाल
महाधिवेशनले उन्नत र रूपान्तरित एकता प्रदर्शन गर्ने अध्यक्ष ओलीको विश्वास
प्रतिक्रिया