बिहीबार, मंसिर १८, २०८२

धोबीखोलामा मृत भेटिएका व्यक्तिको खुल्यो पहिचान

मेरोन्यूज २०८२ मंसिर १८ गते ९:४६

काठमाडौंको धोबीखोलामा मृत भेटिएका पुरूषको पहिचान खुलेको छ।

मृत भेटिएका व्यक्ति काभ्रको मण्डनदेउपुर नगरपालिका-१ घर भई हाल शंखमुल बस्दै आएका ५० वर्षीय ललित गिरी रहेको प्रहरीले जनाएकाे छ ।उनकी श्रीमतीले शव सनाखत गरेकी हुन्।

काठमाडौं महानगरपालिका-२९ रूद्रमति पुल मुनिको धोबीखोलामा बिहीबार बिहान ६:५० बजे उनको शव फेला परेको थियो।

शव नजिकै साइकल पनि भेटिएको थियो।उनी साइकल चलाउँदै गर्दा पुलबाट खसेको हुनसक्ने प्रहरीले जनाएको छ।

शवको टाउकोमा चोट छ। पुलबाट खसेर ढुंगामा टाउको ठोक्किएकाले उनको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।यसबारे थप अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए।

प्रतिक्रिया