चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य
मेरोन्यूज
२०८२ मंसिर २० गते १७:३७

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा अहिले चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले पोखरासमक्ष १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।निर्धारित २० ओभरमा चितवनले ६ विकेट गुमाउँदै १२० रन बनायो । चितवनका देव खनालले सर्वाधिक ३५ रन बनाए । ४१ बलको सामना गरेका उनले एक चौका र एक छक्का प्रहार गरे ।
त्यसैगरी, अल्पेस रमजानीले चितवनका लागि ३३ रनको योगदान गरे । २२ बलको सामना गरेका उनले १ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, कुशल मल्लले २३ बलमा २३ रन जोडे ।बलिङतर्फ पोखराका धनञ्जय लक्षनले सर्वाधिक तीन विकेट लिए । किरण ठगुन्ना, रोहित चन्द र विपिन खत्रीले समान एक विकेट लिए ।
सम्बन्धित









चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु
दाङको लमहीमा गोली चल्यो,एक जना घाइते
एमालेको ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा लुम्बिनीको जित
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
प्रतिक्रिया