मंगलबार, मंसिर २३, २०८२

फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य

मेरोन्यूज २०८२ मंसिर २३ गते १७:४६

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो क्वालिफायरको खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिला ब्याटिङकाे निम्ताे पाएकाे सुदूरपश्चिमले निर्धारित २० आेभरमा ७ विकेट गुमाएर १५५ रन बनाएकाे हाे ।

सुदूरपश्चिमको लागि विनोद भण्डारीले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ५२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ६३ रन बनाएका हुन् । त्यस्तै आसिफ शेख र शेरडोन ज्याकसनले समान २०/२० रन जोडे । त्यसैगरी हरमित सिङले १४ रन बनाए भने इसान पाण्डेले १३ रन जोडे ।

यता बलिङ तर्फका विराटनगरका प्रतिश जिसी र मार्सेन्ट दिलाङले समान दुई दुई विकेट लिए भने सूर्य तामाङ र साम हेजलेटले समान एक एक विकेट लिए । यस खेल जित्ने टोली यही मङ्सिर २७ गते हुने फाइनल खेलमा प्रवेश गर्नेछ ।

त्यस्तै पराजित हुने टोलीले भने इलिमिनेटर खेल्ने मौका पाउनेछ । विराटनगर अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया