ललितपुरस्थित युएन पार्क नजिक स्कुटरसहित पाँच वटा सवारी ठोक्किँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०८२ मंसिर २५ गते २०:४३

काठमाडौँ। उपत्यकाको ललितपुरस्थित युएन पार्क नजिक आज अपराह्न करिब ४ः०० बजेको समयमा एकै ठाउँमा पाँच वटा सवारीसाधन ठोक्किएर दुर्घटना भएको छ । उक्त दुर्घटनामा रौतहट जिल्लाको गौर बस्ने ४५ वर्षका राजिव सिन्हाको मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बा ५१ प ९५६९ नम्बरको स्कुटरका चालक सिन्हाको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको होे ।
स्कुटरसहित कुपण्डोलबाट आउँदै गरेको बा प्र ०१–०२९ च ३८९६ नम्बरको निजी भ्यान, विपरीत दिशाबाट आउँदै गरेको बाप्र ०१–०२२ च ००६१ नम्बरको कार, बा २ ज ४७६० नम्बरको कार र बाप्र ०१–०२९ नम्बरको भ्यानसमेत ठोक्किन पुगेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित









ललितपुरस्थित युएन पार्क नजिक स्कुटरसहित पाँच वटा सवारी ठोक्किँदा एक जनाको मृत्यु
प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस
यूक्रेन–रूस द्वन्द्वः मस्को विमानस्थलहरू प्रभावित, यात्रु पर्खाइमा
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
चलचित्र परानले गर्यो करिब १७ करोडको व्यापार, अरुको कति ?
प्रतिक्रिया