आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ। भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीसँग पनि बयान लिने भएको छ।
जााँचबुझ आयोगका प्रवक्ता विज्ञानरा शर्माका अनुसार बयानका लागि कार्कीलाई प्रत्र प्रदान गरिसकिएको छ।जेनजी आन्दोलनको पहिलो दिन प्रहरी प्रधान कार्यालयकै मानव स्रोत विभागमा कार्यरत तत्कालीन एआईजी कार्कीलाई २४ गते बिहान काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको थियो।
जेनजी आन्दोलनका घटनाबारे सोधपुछ गर्न आयोगले आईजीपी कार्कीलाई पनि बोलाएको हो। घटना हुँदा कार्की एआईजी थिए।उनलाई शुक्रबार उपस्थित हुन आयोगले पत्र लेखेको हो। यसअघि त्यसबेलाका आईजीपी चन्द्रकुवेर खापुङ, त्यसबेलाका गृहसचिव गोकर्णमणि दुवाडीलाई पनि शुक्रबार नै उपस्थित हुन पत्र पठाइएको थियो।
आयोगले शुक्रबार यी तीनजनासँग संयुक्त बयान लिनेछ। खापुङ र दुवाडी बिहीबार पनि बयान दिन पुगेका थिए। उनीहरुको बयान सकिएको छैन।
उनीहरूसँग शुक्रबार पनि बयान जारी रहने प्रवक्ता शर्माले जानकारी दिए। दुवै जना बिहीबार ढिलो गरी उपस्थित भएका थिए। झण्डै चार बजे बयानका लागि आयोगको कार्यालय सिंहदरबार पुगेका उनीहरूसँग साँझ ६ बजेसम्म सोधपुछ गरेको थियो।
यी तीन जनाको बयान सकिएपछि पूर्वगृहमन्त्री रमेश लेखक र त्यसपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिने आयोगको तयारी छ। असोज ९ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित ३ सदस्यीय आयोगलाई तीन महिनाको समयसीमा तोकिएको छ।
जेनजी आन्दोलनमा भदौ २३ गते भएको राज्यको दमन र २४ गतेको विध्वंशका घटना छानबिन गरी दोषीलाई कारबाही सिफारिस गर्न सक्ने अधिकार आयोगलाई छ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया