चार डिग्री सेल्सियसबाट पनि तल झर्यो काठमाडौँको न्यूनतम तापक्रम
मेरोन्यूज
२०८२ पुष २१ गते ७:५७

देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ।
यसै क्रममा आज (सोमबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसबाट पनि तल झरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशैभर जाडो बढेको छ ।
काठमाडौंमा आज यो वर्षकै कम तापक्रम मापन भएको छ । यसले गर्दा जाडो बढेको हो ।मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । आज काठमाडौंमा ३.७ डिग्रसी सेल्सियस मापन भएको छ भने ललितपुरको सानेपा क्षेत्रमा ३.३ झरेको छ ।
काठमाडौंमा आइतबारदेखि सुर्य पनि कम देखिन थालेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै जाडो बढ्न लागेको भन्दै जाडोको समयमा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अरुको तुलनामा बढी समस्या हुनसक्ने भएकोले ख्याल गर्न मन्त्रालयले सुझाएको छ ।
सम्बन्धित
















बाँकेमा ५२ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै चार महिला
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : कस्ताे रहला आज दिनभरकाे माैसम ?
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
प्रतिक्रिया