आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरुको सूची सार्वजनिक

काठमाडौ। निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज भएको उम्मेदवारी मनोनयनको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीअनुसार १९ पदका लागि हुने निर्वाचनका लागि प्रदेशगत रुपमा विभिन्न दलका गरी ४४ उम्मेदवारले आवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उम्मेदवारीमाथि यही पुस २४ गते उजुरी दिन सकिने यही २५ र २६ गते उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशन गर्ने, २७ गते उम्मेदवारी फिर्ता लिनसक्ने र २८ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ । उक्त निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ ।
सोबमोजिम प्रदेशसभा सदस्य ५४५ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार ४९८ गरी दुई हजार ४३ प्रारम्भिक मतदाता नामावली स्वीकृत भएको ती मतदातामध्ये प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ ।
















कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि तीन मन्त्रीको कार्यभार थप
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
छापियो १० लाख नमुना मतपत्र
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया