झापा सवारी दुर्घटना : दुई जनाको मृत्यु, ११ घाइते
मेरोन्यूज
२०८२ माघ १ गते १३:०६

भद्रपुर (झापा) । कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।
बिर्तामोडबाट माईधारतर्फ गइरहेको मे १ च ४५१५ नम्बरको मालबाहक गाडी र माईधारबाट बिर्तामोडतर्फ आइरहेको ना ५ ख २१४९ नम्बरको बस एकआपसमा ठोक्किँदा पिकअपमा सवार भद्रपुर नगरपालिका– ८ की ४० वर्षीया सुष्मा राजवंशी उनका १८ महिनाका छोरा आरुत राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले राससलाई जानकारी दिए ।
घाइतेहरूको विर्तासिटी र विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
दुर्घटनापछि फरार बस चालकको खोजी भइरहेको छ भने मालबाहक गाडीका चालक बिर्तामोड नगरपालिका–६ का ३९ वर्षीय जाकिर हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित














पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कर छुटको सुविधा चैत मसान्तसम्म
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया