बाँकेमा उम्मेदवारविरुद्ध परेन उजुरी

नेपालगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने विरुद्ध कुनै पनि उजुरी नपरेपछि बाँके जिल्लामा सबैको उम्मेदवारी कायम भएको छ ।
तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा आसन्न निर्वाचनका क्रममा विभिन्न राजनीतिक पार्टी र स्वतन्त्रसमेत गरी जम्मा ६१ जनाले उम्मेदवारी दिएका थिए । मुख्य निर्वाचन अधिकृत कार्यालय, नेपालगञ्जका सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीका अनुसार तोकिएको समय सीमाभित्र कुनै पनि उम्मेदवार विरुद्ध उजुरी नपरेपछि सबैको उम्मेदवारी कायम भएको छ ।
जिल्लाको तीन निर्वाचन क्षेत्रमा कूल तीन लाख ५० हजार ३७१ मतदाता रहेका छन् । यसमध्ये १ नं. निर्वाचन क्षेत्रमा एक लाख २४ हजार ७२७, निर्वाचन क्षेत्र नं २ मा एक लाख आठ हजार २९० र निर्वाचन क्षेत्र नं ३ मा एक लाख १७ हजार ३५४ मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
















कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
प्रतिक्रिया