कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–११ आँपचौरस्थित कान्तिलोकपथ सडक खण्डमा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
जितपुरभन्ज्याङतर्फबाट ठिंगनतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०९५२ नम्बरको बल्गर ट्रक र विपरित दिशाबाट आउँदै गरेको म प्र ०३–०३९ प ५६४४ नम्बरको स्कुटर सडकको टर्निङमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवाननपुरले जानकारी दिएको छ ।
दुर्घटनामा स्कुटर चालक पर्साको वीरगञ्ज महानगरपालिका–१० पानीट्याङ्की घर भएका ५० वर्षीय अनुराग श्रेष्ठ गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौंडा अस्पताल पठाएको र चिकित्सकले मृत घोषणा गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । मृतकको शव हाल हेटौंडा अस्पतालमै राखिएको छ ।
प्रहरीका अनुसार ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका कारण सडकमा कुनै अवरोध नभएको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ

















नगदसहित सिरहा क्षेत्र नं. ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
खामेनीको मृत्युले विश्व तरंगित
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया