कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–११ आँपचौरस्थित कान्तिलोकपथ सडक खण्डमा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
जितपुरभन्ज्याङतर्फबाट ठिंगनतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०९५२ नम्बरको बल्गर ट्रक र विपरित दिशाबाट आउँदै गरेको म प्र ०३–०३९ प ५६४४ नम्बरको स्कुटर सडकको टर्निङमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवाननपुरले जानकारी दिएको छ ।
दुर्घटनामा स्कुटर चालक पर्साको वीरगञ्ज महानगरपालिका–१० पानीट्याङ्की घर भएका ५० वर्षीय अनुराग श्रेष्ठ गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौंडा अस्पताल पठाएको र चिकित्सकले मृत घोषणा गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । मृतकको शव हाल हेटौंडा अस्पतालमै राखिएको छ ।
प्रहरीका अनुसार ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका कारण सडकमा कुनै अवरोध नभएको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
प्रतिक्रिया