बुधबार, वैशाख ९, २०८३

कोशीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित

मेरोन्यूज २०८२ माघ ११ गते १६:५७

काठमाडाैं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा महिलातर्फ नेकपा एमालेकी रोशनी मेचे विजयी भएकी छन्।

Advertisement
NiccNicc

कुल ७ हजार १७३ मतभार ल्याएर मेचे विजयी भएकी हुन्। उनले प्रदेश सभाका ८७ मध्ये ६४ भोट ल्याइन भने २५८ स्थानीय तहका मतमध्ये १९९ मत प्राप्त गरिन्।

उनकी प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी नमिता न्यौपानेले २ हजार २६८ मतभार प्राप्त गरेकी छन् ।

प्रतिक्रिया