जन्ममिति बदलेर सरकारी निकायलाई राखियो गुमराहमा, अझै छानबिनको टुङ्गो लागेन

काठमाडाैं । जन्ममिति किर्ते गरेर अनुचित लाभ लिएको भन्ने विषयमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा किर्तिपुर, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र हेलो सरकार लगायत सरकारी निकायमा उजुरी परेको लामो समय बितिसक्दा पनि छानबिन गर्न ढिलाई भएकोप्रति उजुरीकर्ताले गुनासो गरेका छन् ।
त्रि.वि.सेवा आयोगबाट हालसालै गरिएको वढुवाका प्रतिस्पधि डिल्लिमाया वुढाथोकिले विभिन्न मिति तथा समयमा जन्ममिति किर्ते गरेको उजुरी परेको लामो समय हुँदा पनि छानबिन नभएको पिडित पक्षको गुनासो रहेको छ । पिडित पक्षले विसं २०८२ भदौ ५ मा बुढाथोकिले प्रयोग गरेको नागरिकता, निजको लाइसेन्स, राष्ट्रिय बीमा कम्पनीमा प्रयोग गरेको कागज र निर्वाचन आयोगमा दिएको विवरण फरक परेको भन्दै उजुरी दिएको थियो ।
निज बुढाथोकीको हालसालै त्रि.वि. शिक्षण अस्पतालको नर्सिङ उपनियन्त्रकमा बढुवा भएकोमा सो सम्पूर्ण प्रकृयामा गम्भीर त्रुटी रहेको भन्दै निजसँग भएका फरकफरक नागरिकतामध्ये कुनको आधारमा सो गरिएको समेत निक्र्याेल गरी नियमानुसार आवश्यक कार्यवाहीको माग गरिएको थियो ।
यसरी स्वास्थ्य सेवामा भएको व्यक्तिले लिखत नै किर्ते गर्ने प्रवृति गम्भीर भएको भन्दै उजुरी गरिएको थियो । सो कारण निजको वढुवा हाललाई रद्ध गरिदिन हुन आग्रह समेत गरिएको छ । निवेदकले पेश गरेको विवरणअनुसार मतदाता नामावलीअनुसार उनको जन्ममिति विसं २०२० माघ १६ गते उल्लेख छ भने नागरिकतामा उनी २०३९ असार ९ गते १९ वर्ष पुगेको उल्लेख गरिएको छ ।
त्यसैगरी सवारी चालक अनुमतिपत्रमा विसं २०१९ माघ १६ गते उल्लेख छ । फरकफरक मिति उल्लेख गरिएको मानिसलाई कुन आधारमा बढुवा गरिएको हो भन्ने यकिन नभइकन सरकारी निकायालाई नै गुम्राहमा पार्ने काम भएको तथ्यमा उल्लेख छ । विसं २०८२ जेठ २५ गते गरिएको बढुवा कुन आधामार गरिएको हो भन्ने स्पष्ट पार्न निदेक पक्षले माग गरेको छ ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया