रेड्मी नोट १५ नेपालमा, कति पर्छ मूल्य ?

काठमाडाैं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्नो नयाँ स्मार्टफोन रेड्मी नोट १५ नेपाली बजारमा ल्याएको छ।
आकर्षक डिजाइन, उत्कृष्ट कार्यसम्पादन, जीवन्त डिस्प्ले, उन्नत एआई फिचर तथा अत्याधुनिक सुरक्षा प्रविधिसहित यो स्मार्टफोन नेपालभर उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ ।
रेड्मी नोट १५ मा ६,हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री दिइएको छ, जसले लामो समयसम्म प्रयोग गर्न सकिने सुविधा प्रदान गर्छ। यसमा ३३ डब्लु टर्बो चार्जिङ र १८डब्लु रिभर्स चार्जिङ सपोर्ट छ। स्मार्ट चार्जिङ इन्जिनले ब्याट्रीको स्वास्थ्य र कार्यक्षमताको रियल–टाइम व्यवस्थापन गर्छ।
२ हजार पटकसम्म चार्ज गर्दा पनि ब्याट्रीको क्षमता ८० प्रतिशतभन्दा बढी कायम रहने भएकाले ६ वर्षभन्दा बढी भरपर्दो प्रयोग सुनिश्चित हुन्छ। एकपटक फुल चार्ज गर्दा फोनले दुई दिनसम्म प्रयोग, २४ घण्टा भिडियो प्लेब्याक वा ५० घण्टासम्म कल सपोर्ट गर्न सक्छ।
गलेसियर ब्लु, परपल, फरेस्ट ग्रिन र ब्लाक रङमा उपलब्ध यो फोनको आकार १६४.०३ × ७५.४२ × ७.९४ मिलिमिटर र तौल १८३.७ ग्राम रहेको छ। आईपी ६४ डस्ट तथा वाटर रेसिस्टेन्स र वि टच टेक्नोलोजी २.० का कारण हल्का वर्षा, पानीका छिटा वा धुलोयुक्त वातावरणमा पनि सहज रूपमा प्रयोग गर्न सकिन्छ।
पानी, पसिना वा तेल लागेको अवस्थामा पनि डिस्प्लेले सटीक रूपमा प्रतिक्रिया दिन्छ। १.८ मिटर उचाइबाट खस्दा पनि सुरक्षित रहने अल्ट्रा–ड्युरेबल डिस्प्ले ग्लास तथा बलियो मदरबोर्ड र मजबुत मिड–फ्रेमसहितको आन्तरिक संरचनाले फोनका महत्वपूर्ण पार्ट्स सुरक्षित राख्छ।
फोटोग्राफी र अडियो क्षमतामा पनि रेड्मी नोट १५ प्रभावशाली छ। ३X अप्टिकल टेलिफोटो क्यामेराले टाढाका दृश्यहरू स्पष्ट रूपमा कैद गर्छ। १०८एमपी मुख्य क्यामेरा, २एमP डेप्थ क्यामेरा र २०एमपी फ्रन्ट क्यामेराले २४एमएम, २८एमएम, ३५एमएम र ७२एमएम फोकल लम्बाइ कभर गर्दै वाइड सटदेखि पोर्ट्रेटसम्म उत्कृष्ट फोटो खिच्न मद्दत गर्छ। डुअल स्पिकर, ३०० प्रतिशत भोल्युम बुस्ट तथा डल्बी एट एम ओएस र हाई-रेस सपोर्टका कारण यो फोन मनोरञ्जनका लागि पनि उत्कृष्ट छ।
यो स्मार्टफोनमा अधिकतम ८जीबी र्याम र ५१२जीबी स्टोरेज उपलब्ध छ, जसलाई हाइब्रिड सिम स्लटका माध्यमबाट थप विस्तार गर्न सकिन्छ। सायओएम आई हाइपर ओएस मा चल्ने यो फोन ६एनएम मिडिया टेक हिलिओ जी१००- अल्ट्रा चिपसेटबाट सञ्चालित छ।
२.२जी एचजेड सम्मको अक्टा–कोर सीपीयू, माली-जी ५७ एमसी२ जीपीयू, एलपीडीडीआर४ एक्स र्याम र यूएफएस 2.2 स्टोरेजले छरितो र स्मूथ कार्यसम्पादन सुनिश्चित गर्छ। रेड्मी नोट १५ ६जीबी+१२८जीबी, ८जीबी+१२८जीबी, ८जीबी+२५६जीबी र ८जीबी+५१२जीबी भेरियन्टमा उपलब्ध छ।
यसमा एआई इरेज, एआई रिमोभ रिफ्लेक्सन, एआई ब्युटिफाई, एआई स्काइ र एआई बोकेहो जस्ता स्मार्ट एआई फिचर समावेश छन्।
गुगल जिमिनी र गुगल सर्कल टु स्क्राच ले प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउँछ। फोनले एनएफसी, ब्लुटुथ ५.६, नानो सीएम 1 + हाइब्रिड (नानो सिएम वा माइक्रो एसडी), २.४जीएचजेड र ५जीएचजेड वाइ-फाइ तथा २जी, ३जी, ४जी एलटीई एफटीटी र ४जी एलटीई टीडीडी नेटवर्क सपोर्ट गर्छ।
दृश्य अनुभवका लागि ६.७७-इन्चको एमलोड डिस्प्लेमा १२०एचजेड रिफ्रेस रेट, १२-बिट कलर डेप्थ, उच्च कन्ट्रास्ट र ३,२०० निट्ससम्मको पिक ब्राइटनेस रहेको छ। ३८४०एचजेड पीडब्लु एम डिमिङले स्क्रिन फ्लिकर कम गर्दै आँखाको थकान घटाउँछ।
डिस्प्ले टीयूभी रिनल्यान्ड लो ब्लु लाइट, फ्लिकर फ्री र सर्केडियन फ्रिन्ड्ली प्रमाणित छ। सुरक्षाका लागि इन-डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर र एआई फेस अनलक सुविधा दिइएको छ।
टाइटन डुरेबिलिटी अवधारणामा आधारित रेड्मी नोट १५ अब नेपालभर टेलिडाइरेक्ट प्रालि र वात्साल इम्पेक्स प्रालि का आधिकारिक डिलर नेटवर्कमार्फत उपलब्ध छ। यसको ६जीबी+१२८जीबी भेरियन्टको मूल्य रु. २९ हजार ९९९ र ८जीबी+२५६जीबी भेरियन्टको मूल्य रु. ३५ हजार ९९९ तोकिएको छ।
















देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
टिजर सार्वजनिक गर्दै सामसङले दियो नयाँ एआई ड्रिभन स्मार्टफोन ल्याउने संकेत
लालीगुराँस र सत्य साइलाई उपाधि
इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१ प्रतिशत सेवा शुल्क लागू
रेड्मी नोट १५ नेपालमा, कति पर्छ मूल्य ?
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
प्रतिक्रिया