ब्राजिलमा वर्षाका कारण १८ जनाको मृत्यु, सयौँ बेपत्ता

काठमाडौँ । ब्राजिलमा दुई दिनयता भिषण रुपमा बाढी आएको छ । बाढीमा परी अहिलेसम्ममा १८ जनाको ज्यान गएको बताइएको छ ।
बाढीका कारण अरु कैयौँ व्यक्ति विस्थापित भएका छन् । बाढीले मृत्यु हुनेको संख्या अहिलेसम्म १८ पुगेको अधिकारीहरुले जनाएका छन् ।
ब्राजिलको साओपाओलो शहर सबैभन्दा बढी प्रभावित रहेको छ । सो शहरमा मात्र १८ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । साओपाओलो राज्यका गभर्नर जोयो दोरियाले भने छ– हामी निकै पीडामा छौँ कि यहाँका कम्तीमा १८ जना नागरिकले ज्यान गुमाएका छन्, भारी मात्रामा वर्षा जारी नै छ ।
उनले राज्यको प्रहरी र सेना तथा अरु पनि उद्धारकर्मीहरु उद्धारका लागि जुटिरहेको बताए । उनले भने, ‘हामी उद्धारका काममा जुटिरेहका छौँ, तर भारी वर्षाका कारणले गर्दा उद्धारको काममा पनि समस्या उत्पन्न भएको छ । करिब २० हजार नागरिक घरबाट अन्यत्रै बसेका छन् । उनीहरु बढीका कारण विस्थापित भएका बताइएको छ ।’
बाढीपछि यस राज्यमा आपतकाल घोषणा गरिएको छ । अधिकांश ग्रामिण भेगमा विद्युत सेवा अवरूद्ध भएको छ भने सडक बगाउँदा यातायात प्रभावित भएको छ ।मौसमविद्हरुले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन् । उनीहरुले वर्षा र आँधीको पनि सम्भावना रहेको चेतावनी दिएका छन् ।
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया