शनिबार, पुष १२, २०८२

जगदम्बा स्टिलको उत्पादन तेस्रो मुलुकमा पनि निर्यात गरिँदै

मेरोन्यूज २०७८ माघ २३ गते १७:२३

काठमाडौं । नेपालमा लामो समयदेखि स्टिल उत्पादन गर्दै आएको कम्पनी जगदम्बा स्टिलले तेस्रो मुलुकमा उत्पादन निर्यात गर्ने भएको छ ।

जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरुको लोकप्रियता तथा माग विदेशमा पनि बढ्दै गएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार जगदम्बा स्टिलका उत्पादन, जगदम्बाका “कलर कोटेड कोइल्स तथा शिट”हरु दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा उच्च आपूर्ति माग सहित उपभोक्ताद्वारा परिक्षित तथा अनुमोदित भएको छ ।

नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा कम्पनी निकै गौरवान्वित भएको शंकर गु्रपका अध्यक्ष शंकर लाल अग्रवालले बताए ।

प्रतिक्रिया