रेखा थापाले गरिन् ठकुरीसँग दोस्रो बिहे
मेरोन्यूज
२०७८ फागुन २ गते २१:०४

काठमाडौँ । चर्चित नायिका रेखा थापाले अमेरिकामा बस्दै आएका बलराम शाही ठकुरीसँग दोस्रो विवाह गरेकी छन् ।
दुई हप्ताअघि नै ठकुरीसँग कोर्ट म्यारिज गरेकी रेखाले प्रणय दिवसका दिन उक्त कुराको सार्वजनिक गरेकी हुन् ।
अमेरिका निवासी ठकुरीसँग थापाले काठमाडौं जिल्ला अदालतमा कोर्ट म्यारिज गरेकी हुन् ।
थापाको पहिलो पति चलचित्र निर्माता छविराज ओझासँग १० वर्षअघि नै डिभोर्स भएको थियो ।
चलचित्र अभिनेत्री थापाले पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय राजनीति गर्दै आएकी छन् ।
उनी हालसालै भएको सम्पन्न राप्रपाको महाधिवेशनमा अध्यक्षमा निर्वाचित राजेन्द्र लिङदेनकै प्यानलबाट महिलातर्फ महामन्त्री उम्मेदवार बनेकी थिइन् । लिङदेन निर्वाचित भए पनि थापालाई भने कुन्ती शाहीले पराजित गरेकी थिइन् ।
सम्बन्धित
















कांग्रेस संसदीय दलको नेता चयनबारे बैठक बस्दै
आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया