रेखा थापाले गरिन् ठकुरीसँग दोस्रो बिहे
मेरोन्यूज
२०७८ फागुन २ गते २१:०४

काठमाडौँ । चर्चित नायिका रेखा थापाले अमेरिकामा बस्दै आएका बलराम शाही ठकुरीसँग दोस्रो विवाह गरेकी छन् ।
दुई हप्ताअघि नै ठकुरीसँग कोर्ट म्यारिज गरेकी रेखाले प्रणय दिवसका दिन उक्त कुराको सार्वजनिक गरेकी हुन् ।
अमेरिका निवासी ठकुरीसँग थापाले काठमाडौं जिल्ला अदालतमा कोर्ट म्यारिज गरेकी हुन् ।
थापाको पहिलो पति चलचित्र निर्माता छविराज ओझासँग १० वर्षअघि नै डिभोर्स भएको थियो ।
चलचित्र अभिनेत्री थापाले पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय राजनीति गर्दै आएकी छन् ।
उनी हालसालै भएको सम्पन्न राप्रपाको महाधिवेशनमा अध्यक्षमा निर्वाचित राजेन्द्र लिङदेनकै प्यानलबाट महिलातर्फ महामन्त्री उम्मेदवार बनेकी थिइन् । लिङदेन निर्वाचित भए पनि थापालाई भने कुन्ती शाहीले पराजित गरेकी थिइन् ।
सम्बन्धित










नेकपा र जसपाको एकता वार्ता निर्णायक दिशामा
मधेशका सभामुख मण्डल पदमुक्त
बेतन कर्णाली जलविद्युत परियोजनाको लागि ९३ अर्ब लगानी स्वीकृत
सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीले भनिन्- संसद पुनःस्थापनको कुरा गर्नु अराजकता
हर्मितको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियाे १४८ रनको लक्ष्य
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया