बाबुरामले भने -एमसीसीको विरोध गर्नेहरु सरकारमा बस्न मिल्दैन

काठमाडौं । सत्ताघटक जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसीको विरोध गर्नेहरु सरकार बस्न नमिल्ने बताएका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले आजको संसद बैठकमार्फत नै एमसीसी अगाडी बढाउन चाहेका बेला सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादी विरोधमा रहेका बेला अर्काे सत्ता घटक दल जसपाका नेता बाबुरामको यस्तो प्रतिक्रिया आएको हो ।
एमसीसी सहयोग परियोजना मात्रै नभएर देशको परराष्ट्र र विकास नीतिसँग जोडिएको भन्दै उनले एमसीसीको विरोध गर्नेहरुलाई सरकारबाट बहिरिन सामाजिक सन्जालमार्फत आग्रह गरेका हुन् ।
माओवादी केन्द्र र नेकपा एसलाई लक्षित गर्दै उनले सत्ताको तर मार्ने अनि बाहिर साखुल्ले बन्ने छुन नहुने बताएका हुन् ।
‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन-सरकारमा बस्न मिल्दैन !’ उनले भनेका छन्, ‘सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुदैन । भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो !’













सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन भेनेजुएलाको माग
समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा
आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ
गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
पुस १७ गते बिहिवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया