एमसीसीविरुद्ध हस्ताक्षर संकलन गरेर सरकारलाई पठाइयो
मेरोन्यूज
२०७८ फागुन ४ गते १९:३२

खोटाङ । खोटाङमा एमसीसी सम्झौताविरुद्ध हस्ताक्षर संकलन गर्दै नेपाल सरकार समक्ष पठाइएको छ ।
एमसीसी सम्झौता फिर्ताका लागि दबाब स्वरूप नागरिक समाजकातर्फबाट बुधबार दिक्तेलबजारमा संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई पठाइएको हो ।
दिक्तेलबजारमा संकलित हस्ताक्षर नागरिक समाजकातर्फबाट जयप्रसाद आचार्यले नेपाल सरकार समक्ष पुग्नेगरी सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।
दिक्तेलबजारमा नो एमसीसी, गो ब्याक एमसीसी, रिजेक्ट एमसीसी, एमसीसी फिर्ता रगलगायतका नारा लेखिएको प्लेकार्ड छातीमा टाँसेर एमसीसी सम्झौताविरुद्ध हस्ताक्षर संकलन गरिएको थियो ।
पुरानो बेसक्याम्पबाट सुरु गरिएको हस्ताक्षर संकलन अभियान संगमपार्क, रत्नपार्क, किरातचोक लगायतका क्षेत्रमा सञ्चालन गरिएको हस्ताक्षर संकलन अभियानमा संलग्न टंक थापाले बताए ।
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया