सलमान खानसहित बलिउड कलाकार नेपाल आउँदै

काठमाडौँ । आगामी वैशाख ३ गते काठमाडौंमा हुने सांगितिक कार्यक्रममा भाग लिन सलमान खानसहित बलिउड कलाकारहरु नेपाल आउने भएका छन् ।
लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेनमेन्टले सलमानसहितका बलिउड कलाकारलाई काठमाडौं ल्याउन लागेको हो । बलिउड कलाकारहरुलाई ४ करोड बढी पारिश्रमिक दिएर ओडिसीले नेपाल ल्याउन लागेको हो ।
दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खान, अभिनेता मनिष पल, आयुश शर्मा लगायत नेपाल आउनेछन् ।
ओडीसी इन्टरटेनमेन्टले १० वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई सांगितिक कार्यक्रममा भाग लिन काठमाडौं ल्याएको थियो ।
यसअघि ०७४ फागुन २६ गते सलमान काठमाडौंको टुँडीखेलमा सांगीतिक कार्यक्रमका लागि आउने तय भए पनि अन्तिम समयमा स्थगित भएको थियो ।
एक साताअघि सलमान खानको भारतीय एजेन्सी जेए इभेन्ट्सको टोली काठमाडौं आई फर्केको थियो ।










जेनजी आन्दोलनमा कैलाली जिल्ला अदालतमा आगजनी गर्ने तीनजना पक्राउ
बुधबार २८ सयले बढ्यो सुनको भाउ
सरकारका प्राथमिकताबारे राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री
वाग्मतीमा प्रदेशको पुँजीगत खर्च निराशाजनक
एआई र विद्युतीय गाडीमा साओमीको यस्ताे सफलता
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
प्रतिक्रिया