एलन मस्कले गरे क्यानडाका प्रधामन्त्रीलाई हिटलरसँग तुलना
मेरोन्यूज
२०७८ फागुन ६ गते ७:१३

काठमाडौँ । अमेरिकी विद्युती गाडी निर्माता टेस्लाका मालिक एलन मस्कले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई एडोल्फ हिटलरसँग तुलना गरेका छन् । क्यानडामा जारी ट्रक चालकको आन्दोलनलाई समर्थन गर्दै मस्कले ट्विटरमा ट्रुडोको आलोचना गरेका हुन् ।
उनको आलोचनाले ट्विटरमा तूफान ल्याएको थियो । क्यालिफोर्नियाको स्थानीय समयअनुसार बुधारबा मध्यरातमा ट्विट गरेका मस्कले बिहीबार सो ट्विट हटाएका थिए । ट्विटरमा मस्का ७ करोड ४० लाख फलोअर्स छन् ।
टेस्ला कम्पनीका प्रमुख कार्यकारी मस्कले जनवरीको अन्त्यतिर गरेको एउटा ट्विटमा पनि ट्रक चालकको आन्दोलनलाई समर्थन गरेका थिए । सरकारले ल्याएको अनिवार्य कोभिड खोप प्रावधानको विरोधमा क्यानडामा ट्रक चालकले आन्दोलन गरिरहेका छन् ।
आन्दोलन जारी रहेकै बेला सरकारले आन्दोलनमा सहभागी हुनेको बैंक अकाउन्ट रोक्का गरिदिने चेतावनी दिएको छ ।
सम्बन्धित
















परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया